महरा पत्नी सीताको उपचारका क्रममा निधन

86

काठमाडौं -पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको उपचारका क्रममा निधन भएको छ।

महरा पत्नी सीतालाई श्वासप्रश्वासमा समस्या देखिएपछि पाँचदिन पहिले दाङबाट हेलिकप्टर चार्टड गरेर काठमाडौं ल्याइएको थियो।

उनको आज विहान काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको छ । उनको नर्भिकको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ पुगेको बेला स्वास्थ्यमा समस्या देखिन सुरु भएपछि सुरुमा दाङमै उपचारको प्रयास गरिएको पारिवारिक श्रोतले जनाएको छ । निमोनिया र कोरोना संंक्रमण नर्भिकमै पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here