कीर्तिपुर नगर उद्योग वाणिज्य संघद्वारा भाकल पुजा कार्यक्रम

394

काठमाडौं – कीर्तिपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा शनिबार सपथ ग्रहण गरेका बिशेष बाघभैरब आजुुुुको भाकल पुजा कार्यक्रम गरिएको थियो । भाकल पुजा पश्चात् उक्त संघको १९ जनाको कार्य समितिले कीर्तिपुरका आराध्यदेव बाघ भैरवनाथ साक्षी राखी मन वचन र कर्मले निःस्वार्थ रुपमा संघको हित एवं कीर्तिपुर नगरमा उद्योग क्षेत्रको विकास एवं समृद्धि गर्ने लक्ष्यका साथ प्रतिबद्धता जाहेर गरी थिए ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष एवं ३ नम्बर प्रदेशको दिनेशमान श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रममा  बिशेष अतिथिको रुपमा प्रदेश ३ महासंघका उपाध्यक्ष राजेन्द्र शेरचन, महासचिव रामनाथ श्रेष्ठ, सहकोषाध्यक्ष दुर्गालाल श्रेष्ठको पनि सहभागी रहेको थियो ।

उक्त  कार्यक्रममा बिहान बाघ भैरवनाथको भाकल पुजा समापन पश्चात  कीर्तिपुर ३ वडा सागल टोलस्थित निर्माणाधीन सःसः दी नेवाः रेष्टुरेन्ट सःसः चोकमा सपथ ग्रहण कार्यक्रमको आयोजना भएको थियो ।

कार्यक्रम पश्चात् समयबजी तुच्चाका साथ शुभ दिपावली, नेपाल  संवत्, छठ पर्वको पनि शुभकामना आदानप्रदान भएको कार्यक्रमका सभाध्यक्ष एवं कीर्तिपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष श्रीमती राज्यलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

कार्यक्रममा संघकी निर्वाचित अध्यक्ष राज्यलक्ष्मी शाक्य लगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई ससम्मान अभिनन्दन पनि गरिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here