बगदादको सुरक्षा चौकीमा आइएसआइएस आक्रमणमा ११को मृत्यु

163

एजेन्सी-आइएसआइएस समूहद्वारा इराकको राजधानी बगदादमा गरिएको आक्रमणमा पाँच आदिवासी मिलिसिया र ६ स्थानीय गरी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

पश्चिम बगदादको सुरक्षा चौकी नियन्त्रणमा लिन खोज्दा भएको भिडन्तमा उनीहरूको मृत्यु भएको सुरक्षा स्रोतलाई उल्लेख गरी एएफपीले जनाएको छ ।

“ आइएसआइएसले निगरानी गर्ने टावरमा आक्रमण ग¥यो । पाँच आदिवासी मिलिसिया र ६ स्थानीयको मृत्यु भएको छ ” स्रोतले भन्यो।

मारिएका ११का अतिरिक्त ८ जना घाइते भएका छन । स्वस्थ्य अधिकारीहरूका अनुसार घाइतेहरूलाई उपचारका लागि भर्ना गरिएको छ । इराकी सेना र प्रहरीले आक्रमणकारीहरूको खोजतलाश जारी रहेका छन ।

यो आक्रमण भएको ठाउँ बगदाद अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ किलोमिटर दक्षिणमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here