सुनको मूल्य घट्याे

50

काठमाडौं-तिहार नजिकिएसँगै उकालो लागेको सुनको मूल्य मंगलबार भने एकाएक घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले घटेको छ। सोमबार ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको भएको थियो भने आज ९४ हजार आठ सय रुपैयाँमा झरेको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि तीन हजार चार सय रुपैयाँले घटेको छ। सोमबार ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९४ हजार तीन सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार दुई सय १५ मा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here