मातृभाषानुरागबाट प्रभावित बनेकाे “जन्मब्युम्ह यो मां यो बा मतिना जित यानाव्यु” सुटिंग

355

काठमाडौ-  भाषा कला, संस्कृति, संरक्षणकाे सम्बर्द्नका निम्ति बनेकाे नेपाल भाषाको म्युजिक भिडियाे “जन्मब्युम्ह यो मां यो बा मतिना जित यानाव्यु” भन्ने म्यूजिक भिडियाे गित को सुटिंग भएको छ ।

गत कार्तिक २१ गते काठमाडौ खुसीबु स्थित लय्ता भ्वय् छें मा  सुटिंग भएकाे  साे गितलाई  राजु खड्गीले निर्माण गरेका छन् ।

यस गितको माध्यमबाट भाषा, संस्कृति विर्गान नहुने कुरामा जोडदिएकाे यस गीतका रचनाकार तीर्थमान महर्जन हुनु हुन्छ भने संगीत तथा निर्देश शिव शाही तथा सानै उमेरदेखि संगीत क्षेत्रमा साैखिन वाल गायिका शिरपा खड्गीले सुमुधुर स्वर भरेका छन् भने यस गितमा डान्सको कोरियोग्राफी इलिसा महर्जनले गर्नु भएको छ भने कलाकारमा तिर्थ मान महर्जन, उर्मिला महर्जन, रविन्द्र भहर्जन, गौरी श्रेष्ठ र अन्य वाल कलाकारको अभिनय हेर्न सकिन्छ भने बाल प्रतिभाका धनी शिरपा खड्गी आफैले पनि अभिनय गर्नु भएको छ ।

सो गितले आद्युनिकताका नाउमा हाम्रा पुर्खाकाे संस्कृति परम्परा छाेड्दै जानुका साथै देश मातृभाषा जोगाउनु  पर्छ भन्ने सन्देशका साथ निर्माण गरिएकाे निर्माता  राजु खड्गीले जानकारी दिए ।

शिरपा खड्गीको यो भन्दा अगाडी पनी नेपाल र नेपाल भाषाको म्युजिक भिडिओ यु ट्युव च्यानलमा शिरपा खड्गी भन्ने सर्च गरेर पनी हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here