कम्युनिस्टहरूले सत्तामा पुगेपछि अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन सकेन : नेता सिंह

124

काठमाडौं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले  डबल नेकपा  सरकारले देशमा जहिले पनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको जनाएका  छन् । पहिलो संविधान सभादेखि अहिलेसम्म कम्युनिस्टहरूले नागरिकबाट अत्यधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थिरता र भ्रष्टाचारबाहेक केही पनि दिन नसकेको जनाए ।

गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिले पनि झण्डै दुई तिहाइको बहुमत पाएको डबल नेकपाकाे सरकारले नागरिकलाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको जनाए । पहिलो संविधान सभामा नागरिकले म्यान्डेड दिए पनि संविधान जारी नगरि भङ्ग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेड विपरीत अस्थिरता र भ्रष्टाचारलाई बढवा दिएको उनको भनाई छ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी न्यारोबडी काण्ड बाहिर आउँदासमेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले जनाए । प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भन्ने तर आफ्नै पार्टीका नेताहरु संलग्न भएका घोटलाहरूमा उहाँले नै संरक्षण गर्ने काम गरिराखेको जनाए  ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम कामसमेत गर्न नसकेको उनले बताए । कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा नागरिकलाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटला गरेको उनले भने । सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौँ भन्दै पछि हटेकोसमेत जनाए  । सरकारले कोरोना रोकथामको लागि न्यूनतम कामसमेत गर्न नसक्दा नागरिक दुःखी भएको पनि नेता सिंहले खुलाशा गरे।

सरकारले सङ्घीयताको भावना विपरीत एकपछि अर्को काम गरिराखेको आरोपसमेत नेता सिंहले लगाएका छन् । संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरे पनि प्रधानमन्त्रीले सङ्घीय सरकारकै इकाइको रुपमा प्रदेश र पालिकालाई लिएको उनले जनाए  ।

यस्तै नेता सिंहले नेपाली कांग्रेसभित्र पनि अप्रजातान्त्रिक गतिविधि बढेको छ । पार्टीभित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नको लागि पनि तोकिएको मितिमा नै महाधिवेशन गर्नुपर्ने उनले भने । चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष समय थप हुँदा पनि हुन नसक्ने स्थितिमा आएको भन्दै उहाँले चिन्ता व्यक्त गरे ।

महाधिवेशन गर्नका लागि गर्नुपर्ने तयारी केही पनि नगरिएको उनले जनाए  । यस्तै प्रजातान्त्रिक पार्टीभित्र अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरु खारेज हुनुपर्ने माग उनको छ ।

नेपाली नागरिकले गणेशमान सिंह जस्तै चरित्रवान्, स्वच्छ छवि भएका राजनीतिज्ञको चाहना गरेको उल्लेख गर्दै अहिलेका नेताहरू पनि सच्चिनुपर्नेमा जाेड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here