तनहुँ जलविद्युत आयोजनाको निर्माणकार्य अघि बढ्दै

150

तनहुँ –  भारतबाट विद्युत आयात घटाउन नेपाल सरकारले प्राथमिकता दिई तनहुँ जलविद्युत आयोजनाको निर्माणकार्य अघि बढाइरहेको छ । आयोजना प्रमुख अच्युत घिमिरेले सुख्खा याममा अभाव हुने समयमा यस आयोजनाले विद्युत भरथेकको काम गर्ने हुँदा यस आयोजनको ठुलो महत्व रहेको बताउनुहुन्छ । ‘सुख्खा मौसममा भारतबाट आयात गर्ने मागलाई घटाउँछ कुलेखानी जलाशाययुक्त पछि यो आयोजना सुख्यायाम हुने अभावलाई लक्षित गरी निर्माण सुरु गरिएको हो ।’ घिमिरेले भन्नुभयो ।

करीब २० प्रतिशत काम पूरा

सो आयोजनाले हाल सम्म १८ देखि २० प्रतिशत काम पुरा भएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । वि।सं। २०६२ सालमा पहिचान भएको र बर्षैभरि नै १४० मेगावाट विद्यूत उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको ड्यामदेखि विद्युत गृहसम्मको लम्बाइ करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्ग किलोमिटर छ । आयोजनाको सिनो हाइड्रोले दोस्रो प्याकेज अन्तर्गतको विद्युतगृह निर्माणको काम गरिरहेको छ । विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम हालै मात्रै पूरा भएको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

‘पावर हाउसभित्रै गाडी जाने टनेल निर्माण पूरा भएको छ दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण तत्काल सुुरु गर्दैछौं ।’ उपनिर्देशक सापकोटाले भन्नुभयो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायत संरचना निर्माण, आयोजनाको प्रवेशमार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको छ भने केही कार्य सम्पन्न पनि भइसकेको छ ।

आयोजनाको प्रसारण लाइन निर्माणको काम पनि तीव्रगतिमा भइरहेको छ । आयोजनाबाट उत्पादित विद्यूतत २२० केभीको डवल सर्किट बाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपुरस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । उपनिर्देशक सापकोटाका अनुसार प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिने भएको छ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रशारण लाईनको लागि २५ वटा सामुदायिक वनका एक लाख ८१ हजार रुख काट्नु पर्ने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार एक सय ६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने बताईएको छ । जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घनमिटर रहनेछ ।

आयोजनाको बाँध स्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काँहुडाँडाभित्र ११ सय ६२ मिटर लामो सुरुङमार्गबाट निर्माण गरी सेती नदीको पानीलाई भूमिगत विधुत गृहमा पु¥याएर विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ । जापान अन्तराष्ट्रिय सहयोग नियोगकोको १८४ मिलियन यू।एस।डलर अर्थात १८ अर्ब नेपाली रुपैयाँ, एशियाली विकास बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकको १५० मिलियन डलर अर्थात १५ अर्ब नेपाली रुपैंया र बाँकी नेपाल सरकारको गरी कूल ५५ अर्ब रुपैयाको लागतमा सो आयोजना निर्माण सम्पन्न हुने आयोजनाका सहायक निर्देशक भोलानाथ शर्माले जानकारी दिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here