गायिका मेलिना राई  बेहुली बन्दै

108

काठमाडौं—  नेपाली संगीतमा उदाँउदै गरेकी लोकप्रिय सुन्दरी गायिका मेलिना राई  बेहुली बन्दैछिन् । कर्णप्रिय, सुमधुर स्वर भएकी लोकिप्रिय सुन्दरी गायिका मेलिना राइले अहिलेको यो बिवाहको मौसमलाई सुहाउँदो गीत बेहुली बन्दैछु म गाएकी छिन् । धेरै वटा चर्चीत गीतहरूको रचना गरी नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका  बरीष्ट गीतकार शंकर प्रेरणाको शब्द रचना  जिन्दगीको यौटा खुशि बेहुली बन्दै छु म, डोली लिइ लिन आउने दिन गन्दैछु म। गीत  कुशलताकासाथ गाएकी छिन् ।

केहि दिन अघिमात्र भेनस स्टुडियोमा रेकर्डीङ गरीएको उक्त गीतमा संगीत गरी म्युजिक एरेन्ज गर्नेकाम, २०७६ सालको रेडियो नेपालको संगीत प्रतियोगिताका उत्कृष्ट संगीतकार, बलराम समालले गरेका छन् । यसै गरी गीत रेकर्डीङमा सुप्रख्यात रेकर्डीष्ट  धनपाल गुरूङले बहुतै मेहनत लगाएर उत्पादन गरेका छन् ।  निकट भबिष्य मै म्युजिक भिडियो मार्फत् श्रोता तथा दर्शकहरू सामु आउँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here