काठमाडौं / नाम्चे बजारमा तीन हजार सात मिटरमा रहेको नाम्चेमा बिहानैदेखि भारी हिमपात भएको छ। अझैसम्म हिमपात हुने क्रम रोकिएको छैन।
खुम्बु क्षेत्रको प्रदेशद्वार नाम्चे बजारमा हिमपातपछि त्यस क्षेत्रको तापक्रम माइनस आठ डिग्री पुगेको हो।
जल तथा मौसम विज्ञान विभागले गरेको तीन दिनसम्म हिमपात हुने पूर्वानुमान गरेको खुम्बु क्षेत्रमा हिमपातपछि जनजीवन कष्टकर बनेको छ भने सगरमाथा आधार शिविर र त्यस क्षेत्रमा पदयात्रामा गएका पर्यटकसमेत बाटामै अलपत्र परेका छन्।


















