कोरोना वास्तविकता के हो ? भ्रम निवारण अझै हुन सकेको छैन

57

राज्यलक्ष्मी शाक्य

चीनको हुबेइ प्रान्तबाट सुरु भएको भनिएको  कोरोना भाइरसको संक्रमण नेपालमा निक्कै ढिलो गरि प्रभाव देखियो । अमेरिकाले चीनमाथि लगाएको आरोप पुष्टि हुन सकेको छैन, तैपनि चीनको हुबेइ प्रान्तबाटै यसको प्रभाव देखिएको हुनाले चीनबाटै यो विकास भएको आशंकामा विश्व जनमत स्पष्ट छ ।  नेपालको स्वास्थ्य मन्त्रालयले पनि पटक पटकका प्रेस विज्ञप्तीहरुमा कोरोना भाइरसको विस्तार चीनबाटै भएको भनेर बोल्दै आएको छ । चीनबाट नेपाल फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमण भएको थियो । त्यही आधारमा चीनबाट नै नेपालमा विस्तार भएको हो भनेर पनि तर्क गर्न सकिन्छ । तर  कोरोना भाइरसबाट नेपालमा मृत्युदर धेरैपछि मात्र शुरु भएको हो र हालसम्म पनि यसको प्रभाव त्यति खतरनाक देखिएको छैन । कोरोना भाइरसका विषयमा अमेरिकाले ‘षड्यन्त्र र झूटहरू’ फैलाइरहेको चीनले आरोप लगाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले पत्रकारहरूसँग कुरा गर्दै अमेरिका ‘राजनीतिक भाइरस’ ले संक्रमित भएको आरोप समेत  लगाए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले कोभिड–१९ विश्वव्यापी रूपमा फैलिनुमा चीन मुख्य जिम्मेवार रहेको आरोप लगाउँदै आएका थिए । चीनको वुहानस्थित प्रयोगशालाबाट भाइरस फैलिएको उनीहरूको दाबी छ । राष्ट्रपति ट्रम्प र विदेशमन्त्री पोम्पियोप्रति इंगित गर्दै वाङले अमेरिकाका नेताहरू राजनीतिक भाइरसबाट संक्रमित भएकै कारण चीनलाई बारम्बार आक्रमण गरिरहेको प्रतिक्रिया दिएका थिए । उनले अमेरिकालाई कोभिड–१९ को महामारी नियन्त्रणका क्षेत्रमा क्रियाशील रहन र मूल्यवान नागरिकको जीवन बचाउन सुझावसमेत दिएका थिए । चीनका  विदेशमन्त्री वाङले विश्वको जनस्वास्थ्यको सुरक्षाका लागि चीनले सुरुदेखि नै जिम्मेवारपूर्वक काम गरेको दावी गर्दै ‘राजनीतिक भाइरस’ को प्रयोग चीनमाथि हमला गर्न तथा बदनाम गर्ने अवसरका रूपमा लिइएको दाबी सम्म गरे । वाङले केही राजनीतिज्ञले आधारभूत तथ्यलाई पूर्ण रूपमा बेवास्ता गर्दै चीनलक्षित झूट सिर्जना गर्छन् र षड्यन्त्र खडा गर्छन् सम्म भन्न पुगे । चिनियाँ विदेशमन्त्री वाङले ‘अमेरिका क्रियाशील केही राजनीतिक शक्तिले दुई देशबीचको सम्बन्धलाई बन्धक बनाएको’ जनाए ।

कोरोना भाइसरको वास्तविक नाम नोबेल कोरोना भाइरस हो  भन्ने कुरा मात्र पत्ता लगाउन पनि लामो समय लाग्यो ।  कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्ने कुराको प्रचारले जनमानसमा आतंक नै पैmलायो । तर कोरोना भाइरस संक्रमितहरुमा सामान्य खालको रुघाखोकी मात्र देखिने र उपचार पनि सामान्य रुपमा नै गरे निको हुने लक्षण पनि देखिए । यसले गर्दा कोरोना भाइरसको गलत प्रचारवाजी भएको पुष्टि हुन्छ ।

सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् ।

कोरोना भाइरस संक्रमणका लक्षणः— रुघा खोकी लाग्नु, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु, घाँटी, टाउको तथा जिउ दुख्ने,  निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु आदि प्रचार गरिएको छ । तर यी सबै खालका लक्षण नेखिए पनि पिसिआर जाँच गराउदा कोरोना पोजिटिभ  देखिने गरेको पाइएको छ ।

कोरोना भाइरसको संक्रमण कसरी हुन्छ भन्ने बारेमा पनि  हालको मान्यताले फेल खाएको छ । सुत्केरी आमालाई कोरोना नहुनुसम्मका घटनाहरु सार्वजनिक भएका छन् । यसले पनि कोरोनाको वास्तविकताप्रति अभैm विश्व स्पष्ट हुन नसकेको पुष्टि हुन्छ ।

कोरोनाको संक्रमण  पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने पनि भनियो । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको पनि भनियो, आपैmमा विवादास्पद भनाईहरु आए । विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा एकबाट अर्काेमा कोरोना भाइरसको संक्रमण हुने संभावना उच्च हुने पनि प्रचार गरियो तर यो पनि पुष्टि भएन । त्यसैले कोरोना वास्तविकता के हो ? भ्रण निवारण अभैm हुन सकेको छैन ।   जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here