सरकारकाे विभेद नितिकाे विरूद्वमा ‘दमन’ कार्यक्रम सम्पन्न

230

ललितपुर – ललितपुरको खोकनामा मूलबासीलाई विभेद विरुद्ध ‘दमन’ कार्यक्रम सम्पन्न पुष २० गते सोमबार सम्पन्न भएको छ ।

खोकनाको लाक्षिमा भएकाे कार्यक्रममा स्थानीय बासिन्दाहरु जमघट भई परालबाट ‘दमन’ भूइमा बनाएकोलाई आगो बालेर सरकारको तर्पmबाट भइरहेको जातिय विभेद र बिस्थापन याेजना तथा सम्सद बिघटन विरुद्धमा साे कार्यक्रम गरिएकाे थियाे ।

Image may contain: one or more people and outdoor

नेपाल सांस्कृतिक पुर्नजागरणका केन्द्रीय सदस्य समेत रहेका असोज महर्जनका अनुसार नेपाल सरकारद्वारा मुल जाति नेवार, राई, थारु, तामाङ, खस, गुरुङ, मगर लाई गर्दै आईरहेको अन्याय, शोषण, विभेद र विस्थापन विरुद्ध सांकेतिक विरोध “दमन” कार्यक्रम गरेकाे जनाए ।

उनले थप्दै भने, खोकना लगायत उपत्यकाबासीहरुलाई अमानवीय ढंगबाट राष्ट्रिय गौरव योजनाका लगायत विभिन्न बहाना संविधान, ऐनकानून गौरकानूनी रूपमा विस्थापित योजना ल्याएको विरोधमा कार्यक्रमको आयोजना गरेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here