नेपालले दशगजाबाट भारतीय एसएसबीको पोष्ट हटायाे

97

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका- १० (भुडा) नेपाल-भारत सीमा क्षेत्र दशगजाबाट नेपालीले भारतीय एसएसबीको पोष्ट हटाएका छन् ।  बुधबार बिहान सुटुक्क दशगजा क्षेत्रमा भारतीय एसएसबीले अस्थायी पोष्ट बनाएपछि स्थानीय नेपालीहरुले पोष्ट हटाएका हुन् । नेपाल-भारत सीमा पिलर नम्बर ३४ र ३५ को बीचको विवादित भु-भागमा एसएसबीले चोर शैलीमा अस्थायी पोष्ट बनाएको स्थानीय बताउछन् ।    नेपाली विवादित भूमिमा भारतीय एसएसबीले एकाएक पोष्ट राखेको थाहा पाएपछि स्थानीयले विरोध जनाएको स्थानीय युवा सन्तोष पन्तले बताए ।  सोही क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको अगुवाइमा उक्त पोष्ट हटाएर भारतीय एसएसबीलाई लखेटिएको अन्तर्राष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुरका सदस्य हरिश पन्तले जनाए   ।  स्ट्रिप नक्सा त्रुटिपूर्ण रहेकाले उक्त भु-भागमा विगत लामोदेखि विवाद कायमै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here