देशलाई संविधानबमोजिम अघि बढाउनका लागि विघटनलाई तत्काल बदर गर्न माग– अधिवक्ता भट्ट

101

काठमाडाैं – प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा बहस गर्दै अधिवक्ता बद्रिराज भट्टले मुलुकलाई संविधानबमोजिम अघि बढाउनका लागि विघटनलाई तत्काल बदर गर्न माग गरेका छन् ।

सर्वोच्चको संवैधानिक इजलासमा जारी सुनुवाइमा बहस गर्दै अधिवक्ता भट्टले प्रधानमन्त्रीको लहडका भरमा प्रतिनिधि सभा विघटन गरिएको आरोप लगाए ।

२०४७ सालको संविधानले जस्तो अहिलेको संविधानले संसद्‍ विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको जिकिर छ ।

‘लहडमा आएर संसद् विघटन गरिएको छ । ४७ सालको संविधानले जस्तो अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार दिएको छैन,’ अधिवक्ता भट्टले भने ।

उनले आफू जनता पनि भएकाले देशको र संविधानको माया लागेको बताए ।’म पनि जनता हो, मलाई देशको माया छ । संविधानको माया छ । त्यसैले संसद् विघटन बदर गरेर देशलाई संविधानबमोजिम अघि बढाउन अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here