प्रर्याप्त निद्रा र स्वास्थ्य बीचकाे सम्बन्ध

207

कति सपना यस्ता होलान्, जसलाई तपाईं भुल्न चाहनुहुन्न । र, कति सपना यस्ता होलान्, जसले तपाईंलाई थर्कमान बनाउँछ । यस्ता सपना देखेपछि हामी आफैसँग चित्त बुझाउने यत्न गर्छौं, ‘सपना त आखिर सपना हो ।’

तर, हाम्रो चित्त सजिलै कहाँ बुझ्छ र ?

किनभने हाम्रो मन–मस्तिष्कमा सपनासँग जोडिएका अनेक किस्साहरुले जरा गाडेका छन् । सपना कस्तो देखिन्छ र त्यसको फल कस्तो हुन्छ भनेर कष्ठ गरेका छौं । केही सपनालाई अशुभ संकेत मान्छौं । केही सपनालाई शुभ संकेत मान्छौं । आखिर सपना के हो ?

हुन त यस विषयमा अनेक खोजहरु भएका छन् । कतिपयले यसलाई अवचेतन मनको प्रतिविम्ब ठानेका छन्, कतिले भूत र भविष्यसँग जोडिएका घटना–दुर्घटनासँग व्याख्या गरेका छन्, कतिले यसलाई फगत मानसिक अवस्थासँग दाँजेका छन् ।

जब हामी निदाउँछौं, सपना देख्छौं । निदाएको अवस्था भनेको शारीरिक विश्रामको अवस्था हो । यस अवस्थामा हाम्रा शरीरका कतिपय अंग–प्रत्यांगले विश्राम लिन्छ । यसरी निदाएको बेला सपना देख्नुलाई त्यती राम्रो मानिदैन, खासगरी शारीरिक स्वास्थ्यको हिसाबले ।

शारीरिक स्वास्थ्यका लागि गहिरो निद्रा आवश्यक हुन्छ । गहिरो निद्रा त्यो हो, जसमा कुनै सपनाले हामीलाई विथोल्दैन । यद्यपी विभिन्न कारणले हामी गहिरो निद्रा लिन असमर्थ हुन्छौं । सपना देख्छौं । सपना किन देखिन्छ, कसरी देखिन्छ, त्यसको प्रभाव के हुन्छ ? यावत् कुरा आफैमा घतलाग्दा विषय हुनसक्छ ।

यद्यपी अहिले भने हामी डरलाग्दो सपना किन देखिन्छ भन्ने कुरामा केन्द्रित हुनेछौं ।

हामीमध्ये धेरैलाई चैनको निद्रा आउँछ । जब आँखा झिमिक्क हुन्छ, डरलाग्दो सपनाले हामीलाई विथोल्छ । मुटु ढुकढुक हुन्छ । हाम्रो निद्रा खुल्छ । बेलाबखत यस किसिमको अवस्था आउनुलाई गंभिर मान्न सकिदैन । यद्यपि लगातार यस्तो सपनाले निद्रा विथोल्छ भने, त्यसले मानसिक एवं शारीरिक समस्या निम्त्याउँछ ।

तपाईं सुतिरहेको बेला जब डरलाग्दो सपना देख्नुहुन्छ त्यसको कारण तनाव वा डिप्रेसन त होइन ? शंसय गर्ने ठाउँ रहन्छ ।

एक अध्ययनले भन्छ, ‘डरलाग्दो सपना देख्नुको पछाडि तपाईंमा डिप्रेसन हावी भइरहेको छ ।’

फिनल्यान्ड विश्वविद्यालय र फिनिश नेशनल इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरका शोधकर्ताले एकसाथ मिलेर २००७ र २०१२ मा गरेको दुई क्रस सेक्सनल सर्वेक्षणमा विश्लेषण गरिएको थियो । यस सर्वेक्षणमा भाग लिने व्यक्ति २५ बर्षदेखि ७४ बर्ष उमेर समूहका थिए ।

शोधकर्ताले पाए कि ३ दशमलव ९ प्रतिशत व्यक्तिले पछिल्लो तीस दिन यता लगभग हरेक रात खराब सपना देखिरहेका थिए । त्यसमा ४ दशलमव ८ प्रतिशत महिला र २ दशमलव ९ प्रतिशत पुरुष सामेल थिए । यसमा पाइयो कि २८ दशमलव १ प्रतिशत व्यक्तिले डिप्रेसनको कारण यस्ता सपना देखिरहेका छन् । साथै १७ दशमलव १ प्रतिशत व्यक्तिले कम निद्राको कारण डरलाग्दो सपना देखेको पाइयो ।

शोधकर्ताले पाए कि यस किसिमको डरलाग्दो सपना देख्नुको पछाडि अनिद्रा, थकान, डिप्रेसन र आफैमाथि नकारात्मक रवैया राख्नु हो । अतः उनीहरुको सुझाव थियो, ‘यदि चैनको निद्रा सुत्ने हो भने तनाव वा डिप्रेसनबाट मुक्त हुन जरुरी छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here