प्रधानमन्त्री ओली मात्रै नभएर पुरै नेकपा असफल

164

काठमाडौं-नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओली मात्रै नभएर पुरै नेकपा असफल भएको जनाएका छन् । उनले नेकपाले जनतालाई ठगेको आरोप समेत लगाए ।

ऋषि धमलासँग रेडियो एनआरएनसँग कुरा गर्दै भने,“मेलम्चीको काम कहाँ पुग्यो, फास्ट ट्रयाकको कामले अहिले सम्म गति लिन सकेको छैन्, नेकपा सरकारमा आएदेखि नै देशमा भ्रष्टाचार मात्रै बढेको छ, अनि उहाँहरु हामीले विकास निर्माणका काम गरेको हो भन्दै हिड्नु हुन्छ, अहिले प्रधानमन्त्री मात्रै होइन सिङगो नेकपा नै असफल भईसक्यो अब काँग्रसले प्रतिनिधित्व गर्ने बेला आईसक्यो ।”

ढुङ्गानाले काँग्रेस विभाजनको पक्षमा नभएको बताउँदै असंवैधानिक कदमको विरोध गर्ने बताए । निर्वाचन आयोगले आफ्नो काम कर्तव्य निभाउनु पर्ने भएकाले निर्वाचनको तयारी गरेको जनाए ।

“काँग्रेस न्यायको पार्टी हो, नेपाली जनताको कानुनी अधिकारका लागी हामी निरन्तर संघर्ष गरिरहन्छौँ , कम्यूनिष्ट सरकार असफल भयो, यदि देशमा निर्वाचन भयो भने नेपाली काँग्रेस निर्वाचन बाट भाग्दैँन,काँग्रेसको प्रतिनिधित्व विना देशमा परिर्वतन हुनै सक्दैँन,” ढुङ्गानाले भने।

आन्तरिक झगडाका कारण देशलाई अराजकतामा ढाल्ने अधिकार नेकपालाई नभएको ढुङ्गानाको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here