एनआईसी एशियाद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

67

काठमाडौं । एन आई सी एशिया बैङ्कले ग्राहकहरू समक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

यस बैङ्कको काठमाडौं जिल्लास्थित तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोल्नु भएका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल निवासी ५७ वर्षिय केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको थियाे ।

निजलाई यस बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैङ्कले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको जनाउनु भयाे ।

हाल बैङ्कको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमन्ड श्रेणी’ का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैङ्कले बीमा सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरु समेत ग्राहकहरूले पाउन सक्नेछन् ।

बैङ्कको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ३९५ जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको २ करोड ४८ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् । यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आम सर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैङ्कले विश्वास लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here