काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मलेसियामा नेपालीहरुको रोजगारीमा व्याप्त बिचौलिया र सिन्डिकेट हटाउन आग्रह गरेका छन् ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग भएको टेलिफोन संवादमा प्रधानमन्त्री बालेनले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शालेनले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिए ।
जवाफमा मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको स्पष्ट पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गरेको जनाइएको छ ।


















