चेक बाउन्सको आरोपमा ज्वाला खतिवडा पक्राउ

121

दाङ । चेक बाउन्सको आरोपमा प्रहरीले घोराही १५ मा बस्ने छबिलाल खतिवडा उर्फ ज्वाला खतिवडालाई समातेको छ । निर्माण सामग्रिहरु बिक्रि बाफतको रकम लामो समय बित्दा पनि नपाएको भन्दै पिडितले प्रहरीमा खतिवडा विरुद्ध उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले चेक बाउन्समा उजुरी पछि खतिवडालाई प्रहरीले समातेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । पटक-पटक पैसाका लागि माग्न जादा चेक काटेर दिएको तर चेक बाउन्स भएपछि आफू ठगिएको महसुस गरी प्रहरीमा उजुरी दिएको पिडितले दिएको जाहेरीमा उल्लेख छ ।

खतिवडाले भुकम्प प्रतिरोधात्मक घर बनाउन र बिभिन्न ठेक्कापट्टामा १६ लाखको निर्माण सामग्री लगेर पैसा नदिएपछि पीडितले उजुरी दिएका थिए । पीडितका अनुसार उनले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेको थियो ।

खतिवडा सत्तारुढ दल नेकपाका कार्यकर्ता हुन् । चुनाबकै बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ज्वालालाइ आफ्नो पार्टीमा प्रबेश गराएका थिए । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यसअघि विभिन्न अपहरण लगायत बिभिन्न आपराधिक घटनामा पनि मुछिएर उनि विरुद्ध मुद्धा दर्तासमेत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here