अमिताभ अन्तर्राष्ट्रय फेडरेशन अफ फिल्म आर्काइभ्सबाट सम्मानित हुने

70

एजेन्सी ।  बलिउड अभिनेता अमिताभ बच्चन अन्तर्राष्ट्रय फेडरेशन अफ फिल्म आर्काइभ्स (एफआइएएफ) द्वारा सम्मानित हुँदैछन्। यो अवार्डबाट सम्मानित हुने उनी पहिलो भारतीय कलाकार हुनेछन्।

फिल्म क्षेत्रप्रतिको समर्पण र फिल्म विरासतको संरक्षणमा दिएको योगदानका लागि अमिताभलाई एफआइएएफ अवार्डबाट सम्मान गर्न लागेको हो।

हलिउड फिल्म निर्माताहरू र एफआइएएफ पुरस्कारका अघिल्ला प्राप्तकर्ताहरू, मार्टिन स्कोर्सेज र क्रिस्टोफर नोलनले यही मार्च १९ तारिखमा अमिताभलाई पुरस्कार प्रदान गर्नेछन्। कार्यक्रम भर्चुअलमा आयोजना हुँदैछ।

एफआइएएफ एक विश्वव्यापी संगठन हो जसले विश्वभरको फिल्म अभिलेख र संग्रहालयहरू समावेश गर्दै आएको छ।

‘यस वर्षको एफआइएएफले आफ्नो पुरस्कारको बीसौं वार्षिकोत्सव मनाउँदैछ। यो अवसर महत्वपुर्ण बनाउन संसारको सबैभन्दा ठूलो फिल्म स्टारभन्दा राम्रो प्राप्तकर्ता अरू कोही हुन सक्दैन। जसले फिल्म संरक्षणको महत्व बुझेको छ, त्यसलाई अँगालेको छ। र यसबारे प्रचार गरेको वर्षौं भइसक्यो,’ एफआइएएफका अध्यक्ष फ्रेडरिक मैरेले जारीद्वारा विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा थप लेखिएको छ, ‘यो अवार्डबाट अमिताभ बच्चनलाई सम्मान गर्दै विश्वलाई हामी विविधतामा कति धनी छौं भन्ने देखाउन चाहन्छौं। यस्तो नाजुक धरोहरलाई सम्हाल्न बच्चनले गरेको कामका लागि हामी सार्वजनिक रूपमा धन्यवाद दिन चाहन्छौं।’

अमिताभलाई एफआइएएफ अन्तर्गतको फिल्म हेरिटेज फाउन्डेसनद्वारा मनोनयन गरिएको थियो। जी न्युजका अनुसार एफआइएएफ अवार्डबाट सम्मानित हुन पाउदा अमिताभले खुशी व्यक्त गरेका छन्, ‘एफआइएएफ २०२१ को अवार्ड पाउने खबरमा निकै सम्मानित महशुस गर्दैछु। हामीले फिल्म निर्माण जति आवश्यक हुन्छ त्यति नै फिल्म संग्रह गर्नु पनि महत्वपुर्ण हुन्छ भन्ने बुझ्नुपर्छ।’

७८ वर्षिय अमिताभ सन् २०१५ सालमा फिल्म हेरिटेज फाउन्डेसनको एम्बेसेडर भएका थिए। त्यो बेला उनले फिल्म संरक्षणको महत्वबारे बुझेको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here