कपिलबस्तु – होलि पर्वमा कुनै किसिमको अमार्यादित क्रियाकलापहरु नहोस भन्ने उद्धेश्यले जिल्लामा प्रहरी कार्यालय कपिलबस्तुले स्थानिय जनप्रतिनिधिसंग अन्र्तक्रिय कार्यक्रम चैत्र ११ गते सम्पन्न भएकाे छ ।
कार्यक्रम १० वटै पालिकाका प्रमुख र वडाध्यक्षहरको सहभागिता रहेको थियो । जिल्लामा शान्ति शुरक्षा कायम गर्न, अपराधहरु नियन्त्रण गर्न, कुनै पनि पर्बहरुमा सर्व साधारणलाई अफ्ठ्यारो नपर्ने गरि काम गर्ने र शान्ति शु्रक्षामा खलबल हुन नदिनको लागि कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जनाए।
होलिको अवसरमा मोटरसाईकलमा हेलमेट नलगाई हिड्ने, सवारी साधनहरु तिब्र गतिमा चलाउने, लोला हन्ने जस्ता अमर्यादित क्रियाकलपहरु हुन नदिन स्थानिय जनप्रतिनिधिहरु संग अन्र्तक्रिया कार्यक्रम गरिएको उनले बताए । होलि पर्व उदण्ड तरिकाले अपरिचित व्यक्तिसंग होलि नमनाउन, अन्जान व्यक्तिलाई लोना नहन्न र अपराध जन्य गतिविधिमा संलग्न नहुने गरि होली पर्व मनाउनु पर्ने प्रहरी उपरिक्षक नवराज अधिकारीले जनाए । साथै होलि पर्वमा युवा जामतहरु हेलमेट नलगाउने, पुरा रंग दल्ने र मोटरसाइकलमा अन्धधुन्ध हिन्नेले गर्दा विगतका बर्षहरुमा घटनाहरुबाट धेरै व्यक्तिले ज्यान गुमाउनु परेको उनले जनाए । अन्तरक्रिया कार्यक्रममा जिल्लामा रहेको प्रत्येक प्रहरी युनिटका प्रमुखहरुको सहभागिता रहेको थियो । नारद कोहार

















