संसद काम गर्न नसक्ने अवस्थामा : सांसद शशी श्रेष्ठ

428

काठमाडौं । प्रतिनिधिसभाको विशेष समयमा नेकपा माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले सरकारले बिजनेस नदिएर संसदलाई काम गर्न नसकेको देखाउन खोजेको आरोप लगाएकी छन् । उनले  सरकारकै कारण संसद अहिले काम गर्न नसक्ने अवस्थामा पुगेको जनाएकी हुन् ।

हाल प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ५५ विधेयक विचाराधीन रहेको र केही अध्यादेशहरु पनि रहेको भन्दै‘ सरकारले विजनेस नदिएर संसदले काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजरिहेको छ’ उनले भनिन्, ‘के को लागि सन्देश दिन खोजेको ? उनले यस्तो अवस्थामा पनि ती विधेयक संसदमा पेश नगरेको जनाइन् ।

सांसद श्रेष्ठले संसदको अनादर गर्ने हो भने अर्को जनादेशबाट संसद निर्वाचित भए पनि काम गर्न नसक्ने बताइन् । ‘अर्को जनादेशबाट आएको संसदमा पनि यही खालको गतिविधि गर्ने हो भने देश कसरी अगाडि बढ्छ ?’ उनले प्रश्न गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here