विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

79

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्राउ परेका छन्।

त्रिभुवन विमानस्थलका एसएसपी रजेशनाथ बास्तोलाका अनुसार धनुषा घर भएका ३४ वर्षीय प्रकाश महरा उक्त परिमाणको सुनसहित पक्राउ परेका हुन्। उनी फ्लाइ दुबईको उडानमार्फत् काठमाडौं आएका थिए।

विमानस्थल भन्सार क्षेत्रमा जाँच गर्दा महराको साथबाट पहेँलो धातु बरामद गरेको हो। उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको एसएसपी बास्तोलाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here