मोरङमा लागू पर्दाथसहित ३२ वर्षीय दिपेन्द्र कटुवाल पक्राउ

152

मोरङ/विराटनगर महानगरपालिका-१६ दरैयाबाट २ बोतल डाइलेक्स डिसी, १० चक्की नाईट्राभेट र ६ चक्की स्पास्मो प्रोक्सिभोन प्लस सहित केराबारी गाउँपालिका-७ बस्ने ३२ वर्षीय दिपेन्द्र कटुवाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको को.२४ प ६१५५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक कटुवाललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here