कोरोना भाइरस संक्रमितलाई फन्गसको इन्फेक्सन देखियो

152

काठमाडौं । कोरोना भाइरस भएका संक्रमितलाई फन्गसको इन्फेक्सन समेत देखिएको छ । असाध्यै दुर्लभ तर खतरनाक फन्गल इन्फेक्सन कोरोना भाइरसका संक्रमितमा भेटिएको हो ।

भारतका विभिन्न राज्यहरुमा कोरोना संक्रमितमा फन्गल इन्फेक्सन भेटिएको हो । कालो फन्गसका कारण लाग्ने यो रोग छालामा देखिने र फोक्सोका अलावा मस्तिष्कमा समेत असर गर्ने खालको छ ।

भारतका कोभिड टास्क फोर्समा रहेका विज्ञहरुले फन्गस इन्फेक्सन कमजोर स्वास्थ्य अवस्थाकालाई हुने सम्भावना बढी रहने जनाएका छन् । वातावरणमा प्राकृतिक रुपमा रहेका फन्गसका कारण यो रोग लाग्न सक्छ

रोग लागेमा के हुन्छ
कोरोना भाइरस संक्रमितमा देखिएको फन्गस इन्फेक्सनले आँखा वा नाकको वरिपरी रातो हुने र दुख्ने, ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, श्वास फेर्न कठिन हुने, रगत नै भोमिट हुनसक्ने, मानसिक तनाव हुने लक्षण देखिन्छ ।

रोग लागेमा के हुन्छ

नाक बन्द हुने र नाकबाट कालो या रगत मिसिएको सिगान बग्छ
गालाको हड्डीमा दुखने, मुखको एकतर्फमा मात्र दुख्ने, सुन्नने
नाकको डाँडीको रङ्ग हराउने
दाँत र दाराको चपाउने शक्ति घट्ने
दृष्टि क्षमता कमजोर हुने र आँखा तिरमिर हुने
छालामा क्षति पुग्ने
छाति दुख्ने, सास फेर्न कठिन हुने

कालो फन्गसको इन्फेक्सन भएमा शल्यक्रिया नै आवश्यक पर्छ । फन्गसविरुद्धको थेरापी ६ हप्तासम्म गर्नुपर्ने हुनसक्छ ।
एकपटक फन्गसको इन्फेक्सन भएपछि माथिल्लो दारा र आँखाको क्षमता घट्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here