विपक्षी गठबन्धनको बैठक शुरु

157

काठमाडौं । विपक्षी गठबन्धनको बैठक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा शुरु भएको छ।

प्रतिनिधिसभा विघटन र सरकारले ल्याएको बजेटका बारेमा छलफल गर्न देउवा निवासमा विपक्षी गठबन्धनका नेता एकजुट भएको बुझिएको छ।  विहान सवा नौ बजेदेखि छलफल जारी रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सहयोगी चिरञ्जिवी अधिकारीले जानकारी दिए। बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन्। नेकपा एमालेको नेपाल समूहबाट वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावलको सहभागिता रहेको अधिकारीले जनाए।

यस्तै  नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृष्ण बहादुर महरा र देव गुरुङ छन्। त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागी रहेको जनाइएको छ। बैठकले सरकारले ल्याएको बजेटको बारेमा र आगामी  रणनीति तय गर्ने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here