जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य पदबाट हटाएका कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश

186

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य पदबाट हटाएका कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिन अन्तरिम आदेश दिएका छन् ।

गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई हटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन पार्टीले निर्देशन दिए पनि थापाले मानेका थिएनन्। पार्टी ह्वीप उल्लंघन गरेको भन्दै थापालाई जनमोर्चाले कारवाही गरेको थियो।पार्टी सदस्यबाटसमेत थापालाई जनमोर्चाले निकालेको थियो।

थापाले आफू पार्टीको नीतिविपरीत नगएकाले पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगराउन माग गर्दै गत शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए । उनले राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय, पार्टीकै केन्द्रीय सचिवालय, संसदीय दलको कार्यालय, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सभा सचिवालय र निर्वाचन आयोगलाई प्रत्यर्थी बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here