माहामारीमा पनि संक्रमित विरामी बाेक्ने जनप्रतिनिधि

114

यतिबेला विश्व नै कोरोना माहामारीले आक्रान्त बनेको छ। नेपालमा पनि यसको दोस्रो लहरले धेरै असर गरेको छ। कतिपय कोरोना संक्रमितलाई परिवारकै सदस्यले छुन डराइरहेका छन्।

संक्रमितलाई उपचार गर्न अस्पतालमा बेड अभाव छ। दुर्गम गाउँमा एम्बुलेन्स र स्टेचरको अभावका कारण संक्रमितहरुले बिना उपचार अकालमा ज्यान गुमाउनु परेको छ। यस्तै अभावका बीच खोटाङका एकजना जनप्रतिनिधि कोरोना संक्रमितको उपचारका लागि उदाहरणीय बनेर सबैको मन जित्न सफल भएका छन्।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई आफैँ बिरामी बोकेर संक्रमितलाई अस्पताल पुर्याइरहेका हुन्। उनले गरेको उदाहरणीय कार्यको सर्वत्र प्रशंसा भइरहेको छ भने जनप्रतिनिधिले महामारी तथा विपदका बेला पूरा गर्नुपर्ने कर्तव्य पूरा गरेको जनाइएको छ।

७ वटा वडा रहेको गाउँपालिकामा प्रत्येक बस्तीमा कोरोना भाइरसको संक्रमण फैलिए पश्चात गाउँपालिकामै २५ बेडको कोभिड अस्पताल सञ्चालन गरी उपचार सुरु गरिएको छ। अहिलेसम्म गाउँपालिकामा १०९ जनालाई संक्रमण पुष्टि भइसकेको अध्यक्ष राईले बताए। संक्रमितमध्ये १६ जना निको भएर डिस्चार्ज भइसकेका छन्।

धेरै स्थानमा गाडी नपुग्ने भएकाले संक्रमित भएको थाहा पाउने बित्तिकै घरमै गएर बिरामीलाई अस्पताल भर्ना गर्ने गरेको उनले जनाए। आफूजस्तै नर्स र चिकित्सकको मनोबल बढाउनसमेत स्वास्थ्य मापदण्ड अपनाई हिँड्न नसक्ने वृद्धवृद्धालाई आफैले बोकेर बाटोसम्म पु¥याउने र अस्पता लाने गरेको उनले जनाए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here