काठमाडाैं- युरोकपमा फुटबलमा चेक रिपब्लिकले विजयी सुरुवात गरेकाे छ।
स्कटल्याण्डको हम्पडेन पार्क स्टेडियममा साेमबार भएकाे समूह ‘डी’ काे खेलमा चेक रिपब्लिकले घरेलु टाेलीलाई ०-२ गाेलले पराजित गरेकाे हाे। चेक रिपब्लिकलाई जित दिलाउन दुवै गाेल प्याट्रिक स्चिकले गरेका थिए।


















