भारतका विभिन्न भाग बाढीपहिरोबाट प्रभावित

87

एजेन्सी ।  भारतको बिहार लगायत विभिन्न राज्यमा बाढीले प्रलय मच्चाएको छ ।

पटनामा गंगा नदीको जलस्तर तीव्र गतिमा बढ्न थालेको छ । नालन्दा, मोतिहारी, खगडिया, मुजफ्फरपुर, छपरा लगाउतका स्थान पनि बाढीको चपेटामा छन् ।

सुगौली नजिकका क्षेत्रहरू बाढीमा डुबेका छन् । बाटाघाटा बन्द छन् र मानिसहरू कम्मरसम्म पानीमा डुबेर बस्न बाध्य छन् ।

प्रशासनले आफूहरूको हालखबर समेत सोध्न नआएको भन्दै मानिसहरू रिसाएका छन् । सलेमपुरमा ५० भन्दा बढी घरमा पानी पसेको छ ।

गुजरातमा पनि कैयौं गाउँहरूमा घर पानीमा डुबेका छन् । मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँसम्म जान समस्या परिरहेको छ । राजकोटमा सडकहरू पानीमा चुर्लुम्म डुबेका छन् ।

उत्तर प्रदेशको बिजनौरमा पनि बाढीले हाहाकार मच्चाएको छ । बिजनौरको मंडावर र चाँदपुर क्षेत्रमा बाढीले सयौं बिघा उखुको खेत डुबेको छ । सुरक्षाकर्मीहरूले ९५ जनालाई सुरक्षित उद्धार गरेका छन् ।

पश्चिम बंगालमा हुगलीमा बाढीले भयानक तबाही मच्चाएको छ । त्यहाँ आरामबाग इलाकामा चारैतिर पानी देखिन्छ । दर्जनौं गाउँहरू पानीमा डुबेका छन् । करोडौंको सम्पत्ति तहसनहस भएको छ ।

उत्तराखण्डमा नदीहरू उर्लिएका छन् र पहाडहरू भत्किरहेका छन् । सडक अवरुद्ध छन् । आँकडाका अनुसार, उत्तराखण्डमा हरेक वर्ष बाढी र अविरल वर्षाका कारण लगभग ६४ करोड भारु क्षति पुग्ने गरेको छ । उत्तराखण्ड अनेकौं विपतका हिसाबले संवेदनशील छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here