काठमाडाैं । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थपिएकाे छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय समेत गरेको छ ।
शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक काममा आउनेले मात्र प्रवेश गर्न पाउने भएका छन् । अब काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । अब सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् ।


















