संवैधानिक परिषद् अध्यादेश राष्ट्रपतिद्वारा खारेज

122

काठमाडाैं । केपी शर्मा ओली सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन् ।

मन्त्रीपरिषद्को सिफारिसमा उक्त अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ। मन्त्रिपरिषद्को २ साउनको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको विज्ञप्तिमा उल्लेख छ।

तत्कालीन मन्त्रीपरिषद्को सिफारिसमा गएको ३० मंसिरमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी थिइन्। प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न मिल्ने गरी कानून संसोधन गर्न अध्यादेश जारी भएको थियो।

अध्यादेशमा अध्यक्ष (प्रधानमन्त्री) सहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठक बस्न सक्ने व्यवस्था थियो। संविधानमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख रहेको संवैधानिक परिषद्को व्यवस्था गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here