उपत्यकाको निषेधाज्ञामा पुनः कडाइ गरिने

71

काठमाडौं । संक्रमण बढेसँगै काठमाडौं उपत्यकाको निषेधाज्ञामा पुनः कडाइ गरिने भएको छ।

उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ।  पछिल्लोपटक थपिएको निषेधाज्ञा आज रातिदेखि  १२ बजे  समाप्त हुँदैछ ।

यसअघि संक्रमण घटेको भनी खुकुलो गरिएका केही क्षेत्रलाई कडाइ गर्दै निषेधाज्ञा पुनः थपिन सक्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी  (सीडीओ) कालीप्रसाद पराजुलीले बताए। यद्यपि यसबारे थप निर्णय भने आज अपराह्नतिर बस्ने उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का सीडीओहरुको संयुक्त बैठकले गर्ने उनले जानकारी  गराए ।

 केही क्षेत्रमा कडाइ गर्दै  कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो। पछिल्लो केही दिनदेखि संक्रमण पुनः बढेकाले होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा केही कडाइ गरिने उनको  धारणा  छ।   साथै, यातायातमा समेत पुनः जोरबिजोर गर्नेबारे पनि छलफल हुने उनले बताए। काठमाडौं उपत्यकामा आर्थिक गतिविधि सुचारू गर्न व्यापार व्यवसायसहित सार्वजनिक यातायात खुला भएपछि फेरि संक्रमण बढ्दै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here