उद्यमशीलता विकासका लागि महिला उद्यमीलाई प्रवाह हुने

92

विराटनगर । महिला उद्यमीहरुद्वारा सञ्चालित उद्योगको विकास एवं विस्तारका लागि उद्योग संगठन मोरङले पहल थालेको छ । उद्यमशीलता विकासका लागि महिला उद्यमीलाई प्रवाह हुने कर्जा प्राप्तिमा सहयोग पुर्‍याउने उद्देश्यका साथ संगठनले पहल लिएको हो ।

शुक्रबार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा संगठनका अध्यक्ष सुयष प्याकुरेलले महिला उद्यमीद्वारा सञ्चालित उद्योगको विकास एवं विस्तारका लागि बैंक तथा वित्तीय संस्थाहरुले सहुलियपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । प्रक्रियागत जटिलताका कारण तुलनात्मक रुपमा महिला उद्यमशीलताको संख्यामा बढोत्तरी नभएको बताउँदै उनले प्रक्रियालाई सहज गर्दै  लैजानुपर्ने सुझाव दिए ।

कार्यक्रममा महिला उद्यम समितिको संयोजक प्रतिभा रिजाल ओलीले राज्यले महिलाको उत्थानका लागि वित्तीय सेवा–सुविधाहरु प्रदान गर्दै आएको बताइन् । “त्यस्ता सुविधाहरु उपभोग गर्न महिला जागरुकताको आवश्यकता छ । सिर्जनशीलतालाई उद्यमशीलतामा परिवर्तन गर्न जरुरी छ,” उनले भनिन् ।

बैंक तथा वित्तीय क्षेत्रमा महिला उद्यमीहरुका लागि उद्यमशीलता विकासका लागि व्यवस्था गरिएको सेवा तथा सुविधाका समबन्धमा नबिल बैंक लिमिटेड विराटनगरका शाखा प्रबन्धक गुरु रेग्मीले जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here