अमेरिकी सैन्य विमानबाट खसेर अफगानी फुटबलरकाे निधन

58

तालिबानले अफगानिस्तान कब्जामा लिएपछि देश छोड्ने क्रममा राष्ट्रिय युवा फूटबल टोलीका सदस्य जाकी अनवारीको विमानबाट खसेर मृत्यु भएको पुष्टि भएको छ । गरिब परिवारबाट आएका अनवारी निकै मेहनती खेलाडी थिए । अफगानिस्तानमा तालिबान आएसँगै खेलकुद क्षेत्र अन्धकार भएकाले उनी अन्य देशमा जान चाहान्थे । तर, उनको सपना पूरा हुन पाएन ।

अफगानिस्तान खेलकुद संघका मिडिया सम्बन्ध प्रमुख अरेफ पेम्यानले तालिबान आएपछि उनी निराश भएको र बाहिर गएर राम्रो जीवन बाँच्ने इच्छाका कारण भाग्न खोज्दा मृत्यु भएको जानकारी दिए ।

२० वर्ष अगाडि अफगानिस्तानमा तालिबानले खेलकुदलगायतका क्षेत्रमा कडा प्रतिबन्ध लगाएको थियो । फेरी पनि उस्तै नियति भोग्नुपर्ने अवस्थाका कारण अफगानी खेलाडीहरु चिन्तित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here