नेपाली महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का

310

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ २४ र २७ गते बंगलादेशसँग दुई खेल खेल्ने पक्का भएको आफ्नो वेभसाइटमा उल्लेख गरेको छ। दुई मैत्रीपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुग्नेछ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटअघि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दुवै मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने एन्फाले जनाएको छ। छनोटअघिको अभ्यास खेलका रूपमा हेरिएको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ। एन्फाले उक्त खेलको टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय रूपैयाँ तोकेको छ।

छनोट खेल सुरुआतमा नेपालमा तय भए पनि कोरोनाका कारण उज्वेकिस्तानमा आयोजना हुन लागेको हो। उक्त छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् र अहिलो नेपाली टोली ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा अभ्यास गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here