आज प्रतिनिधि सभाको बैठक

143
;+3Lo ;+;b ejg sf7df8f}F gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ef]ln z'qmaf/ /fi6«klt ljBfb]jL e08f/Ln] oxL ejgaf6 ;/sf/sf] cfj @)&^/)&& sf] gLlt tyf sfo{qmd k|:t't ug]{ to ePsf] 5 . t:jL/ M /Tg >]i7, /f;;

काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ। संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले पहल थालेका छन्।

सोमबार सभामुख सापकोटाले सर्वदलीय बैठक पनि राखेका थिए। साे बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित जनाएका  थिए।

नेकपा एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै आएको छ। कारबाही गरेका सांसदको सूची टाँस नगरेको र पार्टी फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख सापकोटामाथि लगाएको छ।  एमालेको विरोधबीच नै गत शुक्रबार सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here