मन्त्रिपरिषद् विस्तारएक हप्ताभित्र टुङ्गाे लाग्छ : नेता नेपाल

40

काठमाडौं, असोज १ गते । सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) को नयाँ बानेश्वरको अालोकनगरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन भएको छ । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान १० बजे कार्यालयको उद्घाटन गर्नुभएको हो ।

झण्डै दुई महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार नभएको विषयमा पत्रकारहरुसँग बोल्नुहुदै अध्यक्ष नेपालले यस विषयमा एक हप्ताभित्र टुंगो लाग्ने बताउनुभयो। असोज ४ गते प्रतिनिधिसभाको बैठक बस्दैछ, आशा गरौं, एक हप्ताभित्र सरकार र सदनलगायत सबैको टुङ्गो लाग्छ, नेकपा (एस) का अध्यक्ष नेपालले बताउनुभएको छ ।

कार्यालय उद्घाटन गर्नुहुँदै अध्यक्ष नेपालले नेकपा (एस) देशभक्तिपूर्ण स्वाभिमानी शक्तिको रुपमा उभिने दाबी गर्नुभएको छ । नेकपा एमालेमा वैचारिक विचलन आएको बताउनुहुँदै उहाँले नेकपा (एस) नवीन सोच र मान्यताका साथ अघि बढ्ने बताउनुभएको हो । नेपाल नेतृत्वको नेकपा (एस) क्षितिजको नयाँ चम्किलो ताराको रुपमा उदाएको र यसले आमनागरिक र युवावर्गमा आशा देखाएको उहाँले बताउनुभयो ।

पार्टी र आन्दोलनको रक्षामा सधै समर्पित हुने बताउनुहुँदै नेता नेपालले राजनीतिक तथा सबै क्षेत्रमा देखिएको विकृति र विसङ्गति हटाउन दृढतापूर्वक उभिने बताउनुभएको छ । यसैक्रममा आगामी दिनमा सत्ता पक्षसँग सामेल भएरै अगाडि बढ्ने र सातै प्रदेशको सरकार सञ्चालनमा सहभागी हुने अध्यक्ष नेपालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here