राजधानीमा कांग्रेसकाे वडा अधिवेशन असोज ५ गते

65

काठमाडाैं ।  नेपाली कांग्रेसले असोज ५ गते काठमाडौंमा वडा अधिवेशन गर्ने भएको छ।

आज निर्वाचन अधिकृतसँग बैठक गरेर जिल्ला कार्यसमिति काठमाडौंले वडा अधिवेशनको तयारी गरेको हो। कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँको अध्यक्षतामा आज बैठक गरिएको थियो।  शनिबार काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटिनेछन्।

काठमाडौंमा काठमाडौं महानगरसहितका विभिन्न नगरपालिकामा गरी कूल एक सय ३८ वडा छ।  कांग्रेसले भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा ढिलाइ भएको थियो। कांग्रेस काठमाडौंमा करिब २० हजार क्रियाशील सदस्य छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here