बुद्धभुमि नेपाल हाइड्रोपावरको असोज ११ गतेदेखि आइपिओ बिक्री

101

काठमाडाैं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको असोज ११ गतेदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला हुने भएको छ।

अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।  बाँकी ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ।   कम्पनीको आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट पनि आवेदन दिन सकिन्छ।

कम्पनीले नुवाकोटमा तल्लो ताँदी खोलाको पानीबाट ४.९९ मेगावाट क्षमतामा बिजुली उत्पादन गर्ने उद्देश्य लिएको छ। आयोजनाको लागत प्रतिमेगावाट २३. ८ करोड रुपैयाँ रहेको छ। समग्रमा आयोजनाको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ।   त्यसअघि साहस उर्जाको आइपिओ असोज ६ गतेदेखि खुल्नेछ। साहस उर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको आइपिओ जारी गर्ने भएको हो। यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।  बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। कम्पनीको आइपिओमा १० गतेसम्म आवेदन दिन सकिनेछ।  सिडिएससीको मेरो सेयर र आफ्नो बैंक खाता रहेको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। बिक्री प्रवन्धकका रुपमा एनआइबिएलएस क्यापिटल रहेको छ।

इक्रा नेपालले कम्पनीलाई बीबीप्लस रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनी औसत मध्यम स्तरमा रहेको जनाउँछ।   यस कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोसी) जलविद्युत आयोजना निर्माण गरिरहेको छ। ब्याजसहित आयोजनाको लागत प्रतिमेगावाट १३ करोड ७९ लाख रहेको छ।  ब्याजसहित कुल लागत ११ अर्ब ८६ करोड लाग्ने अनुमान छ। आयोजना समग्रमा ७२ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले दावी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here