काठमाडौं । भदौ १० गतेबाट सुरु भएको सी डिभिजन लिग छनोट खेलका २६ समूहबाट समान १–१ गरी २६ टिम अर्को चरणमा प्रवेश गरेका छन्।
गएको बिहीबार सम्पन्न छनोटको समूह चरण पार गर्दै समूह विजेता भएका २६ टिम अर्को चरणमा प्रवेश गरेका हुन् नकआउटमा प्रवेश राजधानी युवा क्लब, इमाडोल युवा क्लब, समाज सेवी क्लब, पश्चिम काठमाडौं एफसी, अत्तरखेल युवा क्लब, सताशिधाम स्पोर्टिङ क्लब, मध्यपुर जागरुक युवा क्लब, आरसी ३२, नयाँपाति युवा क्लब, स्पोर्ट्स एकेडेमी साँगा, २८ बिगा युवा क्लब, गोलबजार स्पोर्ट्स क्लब, दिबेश्वरी फुटबल क्लब, हिमालय युवा क्लब, संयुक्त नामुना युवा क्लब, एमयूएफसी विजयचोक युवा क्लब, बुद्ध भूमि फुटबल एकेडेमी, विराट सांग्रिला स्पोर्ट्स क्लब, रानीबन स्पोर्ट्स क्लब, सन्तोष एफसी, सुन्धारा युवा क्लब, भ्याली ईगल्स क्लब, सत्य संसार रील एफसी, रोलिंग क्लब धुलाबारी, नुवाकोट युनाइटेड एफसी र छोर्गन एफसी छनाैट हुन सफल भएका छन्
यी टिमबीच नकआउट चरणका खेलहरू
१. अश्विन १४ नयाँपति युवा क्लब र खेल एकेडेमी सांगा
२. अश्विन १४ विराट सांग्रिला स्पोर्ट्स क्लब र रानीबन स्पोर्ट्स क्लब
३. अश्विन १५ राजधानी युवा क्लब रम इमाडोल युवा क्लब
४. अश्विन १५ समाज सेवी क्लब र पश्चिम काठमाडौं एफसी
५. अश्विन १६ अत्तरखेल वाईसी रम सताशिधाम एससी
६. अश्विन १६ दोस्रो खेलको विजता र सन्तोष एफसी
७. अश्विन १६ २८ बिघा युवा क्लब र पहिलो खेलको विजेता
८. अश्विन १७ मध्यपुर जागरुक वाईसी र आरसी३२
९. अश्विन १७ गोलबजार स्पोर्ट्स क्लब र दिबेश्वरी एफसी
१०. अश्विन १७ सुन्धारा युवा क्लब र भ्याली ईगल्स क्लब
११. अश्विन १८ हिमालय युवा क्लब र संयुक्त नमुना याइसी
१२. अश्विन १८ एमयूएफसी बिजयचोक वाइसी बनाम बुद्ध भूमि एफए
१३. अश्विन २० सत्य संसार रियल एफसी बनाम रोलिंग क्लब धुलाबारी
१४. अश्विन २० नुवाकोट युनाइटेड एफसी र छोरगन एफसी


















