काठमाडाैं । युईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनसँग २–१ ले पराजित भएसँगै इटलीको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ ।
सन् २०१८ यता इटली लगातार ३७ खेलसम्म अपराजित थियो । यसक्रममा उसले युरोकप फुटबलको उपाधि पनि जित्यो । विश्व फुटबलमा लामो समय अपराजित रहने टोलीहरूको सूची यस्तो छ ।
–इटली २०१८ यता अपराजित थियो । स्पेनसँग पराजित भएसँगै उसको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ ।
–सर्वाधिक लामो समय अपराजित रहने टोलीको सुचीमा अल्जेरिया पनि छ । २०१८ यता २९ खेलमा अल्जेरिया अपराजित छ । उसले अब ८ खेल अपराजित रह्यो भने इटलीको कीर्तिमान बराबरी गर्नेछ । ९ खेलसम्म अपराजित रहनेमा नयाँ कीर्तिमान बनाउनेछ ।
–पश्चिम जर्मनी १९७८ देखि १९८१ सम्म २३ खेलमा अपराजित थियो । २०१० देखि २०१२ सम्म फ्रान्स पनि २३ खेलमा अपराजित थियो ।


















