बुद्धजन्मस्थल नजिकै झाडापखालाको प्रकोपबाट जनता मर्न थाले !

40

गौतम बुद्धको जन्मस्थलमा विभिन्न विकासका कार्यक्रमहरु लागू भइरहेका छन् । विश्वको ध्यान यो क्षेत्रमा केन्द्रीत भएको छ । यो क्षेत्रका जनतालाई यो क्षेत्रको महत्वबारे कति जानकारी होला ? यो अनुत्तरित प्रश्नको जवाफ दिने गरी बुद्धको जन्मस्थल नजिकै झाडापखालाको प्रकोपबाट जनता मर्न थालेका छन् ।

कोरोना संक्रमणलाई रोक्न खोपको विकास भइसकेको छ । संसारका विकसित मुलुकहरुमा होइन हाम्रा दुईतिरका छिमेकी देशहरु चीन र भारतले समेत खोपका विकास गरिसकेका छन् । हाम्रो देश नेपाल भने पखाला लागेर मृत्युवरण गर्नुपर्ने अवस्थाबाट अभैm पनि माथि उठ्न सकेको छैन । भारतसँग सीमाना जोडिएको नेपालको  कपिलवस्तु जिल्लाको  कृष्णनगर नगरपालिकामा झाडापखालाले दुई जनाको मृत्यु भएको खबर बाहिरिएको छ । कृष्णनगर नगरपालिकाका तीनवटा वडामा फैलिएको झाडापखालाका कारण दुई सय भन्दा धेरै बिरामी अस्पताल भर्ना भएका छन् । यो अवस्थाले नेपालको स्वास्थ्य स्थितिलाई छर्लङ्ग पार्छ ।

कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा बान्ता र झाडापखालाका बिरामी भेटिएका नगरपालिकाका सूचना अधिकारी कामेश्वर प्रसाद दुवेले जानकारी गराएका छन् । झाडापखालाका कारण दुई जनाको ज्यान गएको उनले स्वीकार गरेका छन् । स्थानीय शिवराज अस्पताल र स्वास्थ्य क्लिलिनहरुमा बिरामीहरुको उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी बढिरहेको दुवेले जानकारी गराएका छन् । बिरामीको चाप बढेपछि स्थानीय अस्पतालमा शैया अभाव भइरहेको छ । एउटै बेडमा दुई जना र कतिपयलाई खुला आकाशमुनि उपचार गर्नुपर्ने अवस्था आएको स्थानीयहरुको गुनासो छ ।

बिरामीको संख्या धेरै भएपछि अस्पतालको बाहिर डोरी टाँगेर स्लाइन दिने व्यवस्था मिलाइएको समेत जानकारी प्राप्त भएको छ । यो अवस्थाले नेपालको दयनीय स्वास्थ्य अवस्थालाई चित्रण गरेको छ ।  गम्भीर अवस्थाका बिरामीलाई जिल्ला अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ  भने बिरामीहरुमा धेरेजसो बालबालिका रहेका छन् । झाडापखाला कसरी फैलियो भन्नेबारेसमेत स्थानीय राजनीतिक निकायहरु र प्रशासन समेत जानकार हुन सकेको छैन ।

विकसित देशहरुले विभिन्न खालका अनुसन्धानहरु गरिसकेका छन् तर यस्ता सामान्य पखालाबाट नेपाली जनताले मृत्युवरण गर्नुपर्ने बाध्यतात्मक अवस्था छ । सरकारले जनताका आवश्यकताहरु तर्पm ध्यान पु¥याउन नसकेकै कारण पिउनेपानी गाउँमा व्यवस्थित हुन सकेको छैन । कूपोषणबाट पनि जनता विभिन्न रोगबाट संक्रमित हुने खतरा यथावत छ । ग्रामीण बस्तीमा शिक्षाको अभाव, शिक्षाको अभावले चेतनाको अभाव, चेतनाको अभावले यस्ता खालका रोगहरुको संक्रमण हो भन्ने कुरा सरकारले बुझ्न जरुरी छ । जहाँ सचेत नागरिक हुन्छन्, त्यहाँ खानपानका सचेतना पनि अपनाइन्छन् र खानपानकै कारणबाट हुने संक्रमण धेरैकम हुने गर्छ ।

कोरोना संक्रमणको त्रासबाट भर्खरै मात्र केही राहत पाइरहेका अवस्थामा झाडापखालाबाटै मृत्युवरण गर्नु र यसको उपचारको अभावले संक्रमणको लहर पैmलनु नेपाली जनताको दुर्भाग्य हो । सरकार सञ्चालन गर्नेहरुको जनताप्रतिको जिम्मेवारीबोध नहुनु नै यस्तो अवस्था विकसित भएको हो भन्ने स्पष्ट हुन्छ । सरकार सञ्चालकहरुले जिम्मेवार निकायलाई जनताका आवश्यकतातर्पm ध्यान पु¥याउन अस्पतालहरुको स्तरोन्नती गर्न तर्पm सहयोगी भूमिका निर्वाह गर्न सरकारले तत्परता देखाउनु जरुरी छ । विज्ञान चमत्कारीक फड्को मारिसक्दा पनि नेपालमा झाडापखालाले मर्नुपर्ने, ज्वरो आएर सिटामोलको अभावमा मर्नुपर्ने अवस्था रहन्छ भने सरकार  रहनु औचित्य के रह्यो ? सरकारले जनताको अभिभावक महसुस गर्न सक्नुपर्दछ । सरकार विदेशी स्वार्थमा मात्र लम्पट भइरहने हो भने देशको दुरवस्थाप्रति जिम्मेवारीबोध हुँदैन भन्ने यो सानो उदाहरणीय घटना हो । यस्ता घटना दोहोरिन नपाउन भन्नको लागि सरकारले यस्ता क्षेत्रमा विशेष ध्यान पु¥याउन जरुरी छ, आगे नेताहरुलाई चेतना भया !  जनधाराणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here