काठमाडाैं । ‘मिस युनिभर्स नेपाल २०२१’ विजेता शनिबार अर्थात १३ कार्तिकमा घोषणा हुँदैछ ।
प्रतियोगिताको शीर्ष उपाधिका लागि निनाकान्त मण्डल, सुजिता बस्नेत, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रीतिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मिता न्यौपाने, सगुन गुरुङ, सदिक्षा खड्का, प्रतिक्षा महरा क्षेत्री, स्मारिका कार्की, विभूति गौतम, आर्या निशान्त र अनिशा महर्जन १६ जना भिड्दैछन् ।
आयोजक उमङ्ग क्रियसनले बिहीबार एक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको जनाएका छन् । सोही अवसरमा आयोजकले प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा प्रशोधन कम्पनि ओरिफ्लेम जोडिएको जानकारी दियो ।

















