महेन्द्र बहुमुखी क्याम्पस इकाई कमिटीले सो क्याम्पसमा ताला

106

दाङ। नेत्र बिक्रम चन्द विप्लवझ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङ महेन्द्र बहुमुखी क्याम्पस इकाई कमिटीले सो क्याम्पसमा ताला लगाएको छ । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा विभिन्न बाहनामा कर्मचारी नियुक्तिमा भागबन्डा गर्नु तथा दलिय सिन्डिकेट लाडेर क्याम्पसलाई बदनाम गराउन खोजेको भन्दै ताला लगाएको हो ।

अखिल (क्रान्तिकारी) महेन्द्र क्याम्पस इकाई कमिटी इन्चार्ज

एवम् दाङ जिल्ला सचिवालय सदस्य दिपक केसीले बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ(ञ विश्वविद्यालयकोआंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा पछिल्लो समयमा मौलाइरहेको बेथिति ,विसंगति,क्याम्पस प्रशासनको ज्यादती,राजनीतिक पार्टीको क्रिडा स्थल बनाएर विभिन्न बहानामा गरिरहेको कर्मचारी नियुक्तिमा भागबन्डा गर्नु तथा दलिय सिन्डिकेट लाडेर क्याम्पसलाई बदनामित गराउनुले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

क्याम्पसले गत वैशाख ६ गते मुख्य कार्यालय सहायक ,कार्यालय सहायक करार सेवामा र कार्यलय सहयोगी ठेक्का करार सेवामा गरि ६ जना कर्मचारी क्याम्पसमा आवस्यकता भनी विज्ञापन गरेपछि त्रिबि पदपूर्ति छनोट समितिले परीक्षा केन्द्र महेन्द्र बहुमुखी क्याम्पसमै गराउनु भनेर सूचना जारी गरेको थियो । तर, क्याम्पसले विभिन्न कारण देखाउदै महेन्द्र बहुमुखी क्याम्पसमा परिक्षा निष्पक्ष हुदैन भनेर सम्पूर्ण उम्मेदवारहरुलाइ त्री बि केन्द्रिय क्याम्पस काठमाडौमा मिति २०७८ असोज १० गते लगेर परिक्षा गराएको र त्यहाँ विभिन्न चलखेल गरि आफ्ना निकटका पात्रहरू भर्ती गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी नियुक्तको तत्काल सत्यतथ्य छानबिन गर्नु पर्ने भनी चौतर्फी आवाज उठिरहेका बेला महेन्द्र क्याम्पसले ती कर्मचारी हरुलाइ यही कार्तिक १७ गते नियुक्त दिई पुनः यस क्याम्पसले यहि कात्तिक १७ गते नै पदपूर्ति समितिको नाम बाट बुक चेकर र प्राविधिक सहायक९कम्प्युटर० को लागि करार र आन्तरिक करार भनेर ३ जनाको विज्ञापन गरेको हुँदा यी सबै गतल हर्कत खारेज गर्न र य विषयमा संगठनसंग छलफल गर्न माग गर्दै संगठनले तालाबन्दी गरेको छ ।

साथै संगठनलाई बेवास्ता गरे थप संघर्ष गर्न बाध्य हुने त्यस बाट पर्ने सम्पूर्ण असरको जिम्मा क्याम्पस प्रशासनले लिनुपर्ने समेत विज्ञप्तिम भनिएको छ।

विज्ञप्तिको पूर्णपाठ :

त्याग ,विरता र बलिदानको इतिहास रचेको हाम्रो महान तथा गौरबशाली संगठन अखिल ९क्रान्तिकारी० विद्यार्थी हक,हित,अधिकारको पक्षमा र शैक्षिक क्षेत्रमा देखिएका बेथिति,विकृति,विसंगति,दलालिकरण,माफियाकरण, भ्रष्टीकरणका विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको अवगत नै छ।

यसै सन्दर्भमा पश्चिम नेपालको गौरव,दाङ जिल्लाको शैक्षिक धरोहर,हजारौं विद्यार्थी,अभिभावक र शिक्षा प्रेमिको आस्था र भरोसाको केन्द्र बन्दै आइरहेको त्रिभुवन विश्वविद्यालयकोआंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा पछिल्लो समयमा मौलाइरहेको बेथिति ,विसंगति,क्याम्पस प्रशासनको ज्यादती,राजनीतिक पार्टीको क्रिडा स्थल बनाएर विभिन्न बहानामा गरिरहेको कर्मचारी नियुक्तिमा भागबन्डा गर्नु तथा दलिय सिन्डिकेट लाडेर क्याम्पस लाई बदनामित गराउनुले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

गत वैशाख ६ गते मुख्य कार्यालय सहायक ,कार्यालय सहायक करार सेवामा र कार्यलय सहयोगी ठेक्का करार सेवामा गरि ६ जना कर्मचारी क्याम्पसमा आवस्यकता भनी विज्ञापन गर्नु र त्री बि पदपूर्ति छनोट समिति ले परिक्षा केन्द्र महेन्द्र बहुमुखी क्याम्पसमै गराउनु भनेर सूचना जारी गरेको अवस्थामा विभिन्न कारण देखाउदै महेन्द्र बहुमुखी क्याम्पसमा परिक्षा निष्पक्ष हुदैन भनेर क्याम्पस प्रशासनले सम्पूर्ण उम्मेदवार हरुलाइ त्री बि केन्द्रिय क्याम्पस काठमाडौमा मिति २०७८ असोज १० गते लगेर परिक्षा गराएको र त्यहाँ विभिन्न चलखेल गरि आफ्ना निकटका पात्रहरू भर्ती गरेको ,त्यसको तत्काल सत्यतथ्य छानबिन गर्नु पर्ने भनी चौतर्फी आवाज उठिरहेका बेला महेन्द्र क्याम्पसले ती कर्मचारी हरुलाइ यही कार्तिक १७ गते नियुक्त दिई पुनः यस क्याम्पसले यहि कात्तिक १७ गते नै पदपूर्ति समितिको नाम बाट बुक चेकर र प्राविधिक सहायक९कम्प्युटर० को लागि करार र आन्तरिक करार भनेर ३ जनाको विज्ञापन गरेको छ। यो सबै प्रपंन्च निश्चित पात्रहरू भर्ती गर्न बाहेक अरु केही हुन सक्दैन।केही समय अगाडि यस क्याम्पसमा कर्मचारी छनोटको परिक्षा निष्पक्ष हुन सक्दैन भनेर त्री बि मा लैजानु र अहिले पुन यहि क्याम्पसमा निष्पक्ष हुन्छ यता गराउनु पर्छ भन्नू रहस्यमय बिषय छ।अघिल्लो पटक मिलोमतोमा गरेको मनोमानी लाई ढाकछोप गर्न तथा बिषय बङ्याएर जसरी विज्ञापन गरिएको छ त्यसलाई तत्काल खारेज गरेर हाम्रो संगठन संग सम्बाद छलफल गर्न क्याम्पस प्रशासनसंग जोडदार माग गर्दै तालाबन्दी गर्दछौं। अन्यथा बेवास्ता गरे थप संघर्ष गर्न बाध्य हुनेछौं। त्यस बाट पर्ने सम्पूर्ण असरको जिम्मा क्याम्पस प्रशासनले लिनुपर्ने छ।

क्रान्तिकारी अभिवादन सहित ।

१ मंसिर २०७८ दिपक के सी

अखिल (क्रान्तिकारी) महेन्द्र क्याम्पस इकाई कमिटी इन्चार्ज

एवम् दाङ जिल्ला सचिवालय सदस्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here