ऐतिहासिक नगरी किर्तिपुरमा राष्ट्रिय गान अनिवार्य

120

काठमाडौं । कीर्तिपुर नगरपालिकाले कार्यालय समय सुरु हुनु भन्दा पहिले राष्ट्रिय गान गाउने नियमको सुरुवात गरेको छ । कर्मचारीहरूलाई राखेर कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने नियम सुरुवात गरेको हो । हरेक दिन कार्यालय समय सुरु हुनु पूर्व नेपाली र नेवारी राष्ट्रिय गान गाएर मात्रै काममा लाग्ने नियम बनाएर नगरपालिका अघि बढेको हो । राष्ट्रिय गान गाएर कार्यालयको काम गर्दा कर्मचारीहरूमा एक किसिमको जागरूकता आउने र समयमै कार्यालय सञ्चालन गर्न सकिने कुराको विकास हुने कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनले जनाए । उनले राष्ट्रिय गानसहित प्रत्येक दिन जसो केही निर्देशन पनि दिने र नीति कथाहरू पनि भन्ने गरेको बताए । नगरप्रमुख महर्जनले भने, ‘कीर्तिपुर नगरपालिकाले हामी जन निर्वाचित भएर आएपछि करिब साढे ४ वर्षपछि विगतका केही दिनदेखि सम्पूर्ण कर्मचारीहरूलाई समयमै उपस्थित गराएर राष्ट्रिय गानको सुरुवात गरेका छौँ, त्यो राष्ट्रिय गानको सँगै प्रत्येक दिन जसो केही निर्देशन पनि दिने र नीति कथाहरू पनि भन्ने सुरु गरेको छ, त्यसले गर्दा सम्भवतः हाम्रा कर्मचारीहरूमा एक खालको जागरूक पना, सचेतना आएको छ र पहिला जस्तो कर्मचारीहरू ढिलो आउने समस्या पनि मुक्त भएको छ ।’ नगरप्रमुख महर्जनले यस किसिमको कार्यक्रमले कर्मचारीहरूमा सचेतना बढेको र समय भन्दा ढिलो आउने समस्या हल भएको पनि  जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here