राष्ट्रघाती एमसीसीको विरोधमा ६ दलीय गठबन्धनकाे प्रदर्शन

67

काठमाडौं । अमेरिकाकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा ६ दलीय गठबन्धनले प्रदर्शन गरेको छ। एमसीसीको विरोधमा संसद भवन नयाँ बानेश्वरमा प्रदर्शनका लागि पुगेका गठबन्धनका नेताहरु पक्राउ परेका हुन्।

नेकपा मसाल, नेकपा(क्रान्तिकारी माओवादी), नेकपा माले, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र ऋषि कट्टेल नेतृत्वको नेकपा नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउमा परेका आफूलाईहरुलाई तीनकुने प्रहरी कार्यालयमा ‍राखिएको चन्द नेतृत्वको नेकपा नेता ओमप्रकाश पुनले जानकारी दिए। प्रहरीले क्रान्तिकारी माओवादी नेता सिपी गजुरेल, विप्लव नेतृत्वको नेकपा ओमप्रकाश पुन लगायत ४० जना भन्दा धेरै पक्राउ गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here