एमसीसी खारेज अभियानबाट तारा बरालको जीवनरक्षाको माग

72

काठमाण्डौ / एमसीसी खारेज अभियानले एमसीसी सम्झौताका बिरुद्ध आन्दोलित बिभिन्न पार्टी र संघ संस्थाहरुको संयुक्त बैठक आयोजना गरी बिभिन्न निर्णयहरु गरेको छ ।  बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सम्मिलित बैठकले एमसीसी सम्झौता खारेज गराउन दवावमूलक आन्दोलन गर्ने निर्णय गरेको छ । बैठकले एमसीसी खारेज गरियोस् भन्दै आमरण अनसन सुरु गरेकी महिला अभियन्ता तारा बरालको जीवनरक्षाको मागसमेत गरेको छ ।

प्रस्तुत छ बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै एमसीसी खारेज अभियानका संयोजक नारायण शर्माबाट जारी गरिएको प्रेस बिज्ञप्ति (स्   एमसीसी खारेज अभियान, नेपाल, संयुक्त संघर्ष समितिका तर्फबाट संयोजक नारायण शर्माको पहलमा आयोजित देशका   एमसीसी विरोधी विभिन्न राजनैतिक दल, संघसंस्था, अभियान(समाज र अभियन्ताहरुको संयुक्त बैठक यही पौष १० मा काठमाडौको त्रिपुरेश्वरमा बस्यो । बैठकमा सहभागी सबै प्रतिनिधि व्यक्तित्वहरुलाई स्वागत र सम्मान गर्दै संयोजक नारायण शर्माद्वारा संचालन गरिएको यो बैठक एक विशिष्ट दिनमा आयोजना गरिएको थियो ।

गत बर्ष आजकै दिनमा नेपाली सर्वहारा आन्दोलनका आदरणीय अग्रज एवं  एमसीसी खारेज अभियान, नेपाल २०७६ लगायत कैयौं सामाजिक र राजनीतिक संघसंस्था र संगठनका संस्थापक अभिभावक क। शशि शेरचन ९स्वनाम साथी० को दुखद निधन भएकै दिन पारेर उहाँको स्मरण, श्रद्धा र सलामी स्वरुप आयोजित यो बैठकमा नेपालका धेरैजसो वामपन्थी, राष्ट्रवादी र लोकतान्त्रिक शक्तिहरुको उपस्थिति रह्यो ।  ूलक्ष(उद्देश्य मिल्नेजति सबै शक्ति र संस्थाहरुलाई समेटेर  एमसीसी जस्ता राष्ट्रियताका मुद्दामा संयुक्त आन्दोलन निर्माण गरेर राष्ट्र र जनहितको ध्येय(उद्देश्य सफल र सार्थक पार्नुपर्छू भन्नेजस्ता उहाँका महान् विचार, भावना र कर्महरुलाई अवलम्बन र कार्यान्वयन गर्ने स्पिरिटका साथ बसेको यो बैठक विभिन्न महत्वपूर्ण निर्णयहरु गरी सुसम्पन्न भएको छ । बैठकका निर्णय र यथार्थ सम्बन्धित सबैको जानकारीको लागि यसै प्रेस(विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ १

१। बैठकमा दुई दर्जनजती  विभिन्न राजनीतिक दल, एमसीसी खारेज अभियान, सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति  रहेको थियो १

२। उपस्थित सम्पूर्ण  प्रतिनिधिहरुलाई स्वागत र सम्मान गर्दै बैठकको आवश्यकता र उद्देश्य एवं सान्दर्भिकताबारे संक्षिप्त चर्चा सहित आजकै दिनमा विस्तारित बैठक गर्नुको अभिप्राय समेत स्पष्ट पारेर बैठकका एजेन्डा र तिनको औचित्य पनि संयोजक नारायण शर्माद्वारा प्रस्तुत गरिएपछि औपचारिक रुपमा बैठक सुरु भएको थियो ।

३। नेपाल र संसारकै सम्पूर्ण शोषित(पीडित जनताको मुक्ति, प्रगति र खुसीको लागि आफ्नो जीवनको आहुती दिनुहुने देश(विदेशका सम्पूर्ण ज्ञात(अज्ञात शहीदहरुको सम्झना, सम्मान र सलामी स्वरुप एक मिनेट मौन धारण गर्दै शहीदहरुका अपूरा लक्ष र अधुरा सपना पूर्ण र साकार पार्ने प्रतिबद्धता र कटिबद्धता व्यक्त गरियो ।

४। समानताको सिद्धान्त विपरीत कुनै ठूलो र कुनै सानो हुने अनि कुनै माथि र कुनै तल बसेर एउटा अध्यक्ष बन्दै अरु सदस्यहरुलाई आदेश(निर्देस गर्दै अनुशासित र व्यवस्थित गर्ने बहानामा वर्ग विभाजनकारी विचार, विधि र व्यवहार विपरीत सबै समान, सचेत, स्वअनुशासित, स्वचालित र स्वव्यवस्थित हुने भन्ने स्वनाम साथीको समानता स्वतन्त्रता र सम्मानमूलक अत्यन्त उच्च विचार, बाटो, विधि र व्यवहार अनुशरण  गर्दै स्वनाम स्मृति दिवसको सन्दर्भमा उपस्थित सबैको प्रतिनिधित्व गरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं स्वनाम साथी अध्यक्ष रहिसक्नु भएको संस्था मार्क्सीय गुरुकुलका उपाध्यक्ष ९हाल कावा अध्यक्ष ० क। किसन शर्मा गैरे र स्वनाम साथीकै प्रस्तावमा एमसीसी खारेज अभियानका संयोजक बनेका नारायण शर्माद्वारा परम आदरणीय र आत्मीय कमरेड स्वनाम साथीको तस्बिरमा फूल र अवीर अर्पण गर्दै उहाँ र उहाँका सच्चा र स्वच्छ विचार र आचारलाई सम्झना, सम्मान र सलामी गरी उहाँका असल र महान विचार, भावना र कर्मलाई अवलम्बन र कार्यान्वयन गर्ने प्रण(प्रतिज्ञासहित  बैठक अगाडि बढ्यो १

५। नेपाल सरकार र अमेरिकी सरकारी संस्था ःऋऋ बिच सम्पन्न अत्यन्तै असमान, अपमानजनक र अन्यायपूर्ण चरम राष्ट्रघाती, परम शान्तिघाती र अहम मित्रराष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि लड्ने क्रममा आमरण अनसन बस्नु भएकी हाम्री सशक्त स्थापित अभियन्ता तारा बरालको सम्मान, समर्थन र जीवन रक्षाका लागि उहाँका राष्ट्रहितकारी जायज माग अविलम्ब पूरा गरी वीर अस्पतालको आईसीयुमा जीवन(मरणको दोसाँधमा रहेको उहाँको अमूल्य जीवन बचाउन देउवा सरकारसँग जोडदार माग गर्ने निर्णय गरियो । साथै  अन्यथा भए उक्त गम्भीर र जटिल परिस्थितिको सम्पूर्ण जिम्मेवार वर्तमान असंवेदनशील, गैरजिम्मेवार र राष्ट्रघाती देउवा सरकार हुने कुराको चेतावनी दिंदै एउटा गम्भीर प्रस्ताव ९ क्भचष्यगक च्भकयगितष्यल ० पारित गरियो ।

६। बैठकको मुख्य एजेन्डा बनेको  एमसीसी विरुद्धको बृहत् संयुक्त मोर्चा निर्माण गरी एकताबद्ध र सशक्त निर्णायक आन्दोलन गर्ने विषयमा उपस्थित सबैजसोले आआफ्ना धारणाहरु गम्भीरता, संवेदनशीलता र जिम्मेवारी बोधका साथ राख्नुभयो र व्यापक छलफलपछि हाल आन्दोलन गरिरहेका ६ं२ को एउटा मोर्चा, दर्जनौं संघसंस्था र शक्तिहरु रहेको ू एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समितिू नामक अर्को मोर्चा  र २६ दल(संस्था सम्मिलित ू एमसीसी सम्झौता खारेजी आन्दोलनू नामक  एक अर्को मोर्चालगायतका दबै संयुक्त मोर्चाहरुलाई  एकीकृत र केन्द्रीकृत गर्दै अन्य एकताबद्ध हुन छुटेका  एमसीसी विरोधी सम्पूर्ण शक्ति, संघसंस्था र व्यक्तित्वहरुलाई समेत समेटेर एउटै वृहत् र व्यापक संयुक्त मोर्चा निर्माण गरी सशक्त, प्रभावकारी र परिणामदायी निर्णायक आन्दोलन गर्ने निर्णय गरियो । यसको लागि आन्दोलनरत मुख्यतः ६ं२, २६ र अन्य विभिन्न अलगअलग शक्ति, संस्था, समूह र व्यक्तित्वहरुसँग वार्ता गर्ने र सकेसम्म सबैलाई समेट्ने सकारात्मक निष्कर्ष निकाल्नको लागि नारायण शर्मा, साध्यबहादुर भण्डारी, भरत दाहाल, राजेन्द्र चवाल, डा। सुरेश बस्नेत, सजना रिमाल र राम राज आचार्यसहितको ७ सदस्यीय वार्ता टोली निर्माण गरियो । वार्ता टोलीले २ दिनभित्र निकालेको निष्कर्ष अनुसार तत्काल बैठक बसी अगाडि बढ्ने निर्णय गरियो ।

अन्तमा, स्वनाम साथीलगायतका महान् विचारक र महान् स्वप्नदर्शी शहीदहरुका सही र क्रान्तिकारी विचार, विधि र व्यवहार अनुसार नै  एमसीसी जस्ता सबै राष्ट्रघाती, जनघाती र क्रान्तिघाती कूकर्महरुलाई पराजित गर्नको लागि आन्दोलनलाई अझ एकीकृत, केन्द्रीकृत र सशक्तीकृत गरी प्रभावकारी र परिणाममुखी बनाउन सकिने विश्वास गर्दै  राष्ट्रघाती  एमसीसी विरोधी देश(विदेशमा रहेका हामी सबै नेपाली देसभक्त शक्ति र संघसंस्थाहरुलाई एकताबद्ध भएर निर्णायक आन्दोलनका निम्ति भरपूर चेतना, असीम प्रेरणा र अदम्य साहस मिल्नेछ भन्ने अपेक्षा गरियो । साथै, यसरी नै स्वनाम साथी लगायतका विचारक र सहिद, वेपत्ता र घाइते योद्धा आदिप्रतिको सच्चा सम्झना, सम्मान र सलामी हुनेछ भन्ने संक्षिप्त समापन मन्तव्यका साथ नारायण शर्माद्वारा बैठक अन्त्य भएको घोषणा गरियो ।

संयुक्त बैठक आयोजकका तर्फबाट कार्यक्रम संचालक

नारायण शर्मा , संयोजक,एमसीसी खारेज अभियान, नेपाल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here