२ सय ६३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त

70

काठमाडौं ।  नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ९ हजार ३२९ जनाको नमूना परीक्षण गर्दा मंगलबार ३९३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ७९४ जनाको आरटी पीसीआर र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।  पीसीआर परीक्षणबाट ३५५ र एन्टिजेन परीक्षणबाट ३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ।  अनुसार गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी २६३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी प्राप्त छ ।   अहिलेदेशभर कोरोना भाइरसका ५ हजार ९४ जना सक्रिय संक्रमित रहेका जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here