पूर्वआइजीपी सर्वेन्द्र खनालले नयाँ दल खोल्ने

93

काठमाडौं । पूर्वआइजीपी सर्वेन्द्र खनालले नयाँ दल खोल्ने भएका छन् । उनी नयाँ दल खोल्ने तयारीका लागि सक्रिय भएका छन् ।

खनालले आफूनिकटस्थहरुसँग नयाँ दल दर्ताको तयारीका लागि छलफल बढाएको बुझिएको छ । यसका लागि उनी तनहुँ, नवलपरासी, चितवन, बारा, पर्सा, धनुषालगायतका जिल्लाहरुमा पुगेको बुझिएको छ ।

नयाँ दलको नाम लगभग जुरिसकेको बुझिएको छ । नयाँ दलमा को को रहने भन्नेबारे पनि उनले टुंगो लगाउने क्रममा भेटघाट तिव्र पारेको विश्वस्त स्रोतले बताएको छ ।

खनाललाई नेकपा एमालेले पनि भित्राउन प्रयास गरिरहेको बुझिएको छ । तर, एमालेमा नजाने निर्णयमा पुगेर नयाँ दल खोल्न लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here