काठमाडौं । मंगलबार (पुस २७ गते) बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ।
राष्ट्रिय सभाको अर्को बैठक माघ ३ गते दिउँसो १ बजे बस्ने गरी तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
‘विशेष कारणवस’ मंगलबार बैठक बस्न नसक्ने भएका कारण माघ ३ गतेका लागि सारिएको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।
















